काठमाडौं । अनोस्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित नेतृत्व क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको दोस्रो संस्करण सम्पन्न भएको छ ।
प्रशिक्षणमा नेकपा एकृकित समाजवादीका पोलितब्युरो सदस्य मोहन गौतम प्रमुख अतिथि रहेका थिए । उनले विद्यार्थी आन्दोलन, नेतृत्व विकास भन्ने विषयमा,अनेरास्ववियू ,विद्यार्थी आन्दोलन, यसको उपलब्धि भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टी केन्द्रीय सदस्य यशु लामाले समाजवादमा यात्रामा युवा चेतना र संघर्ष भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् । अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले अनेरास्ववियूका विभिन्न विभाग तथा अनेरास्ववियूको विदेश विभाग र अन्तर्राष्ट्रिय मञ्चमा अनेरास्ववियूको सहभागिता विषयमा प्रशिक्षण दिएका थिए । ४७जना सहभागी रहेको प्रशिक्षणमा विभिन्न पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेज बाट ३र३ जनाको दरले सहभागी रहेको साथै आगमी संस्करण पनि केही हप्ता गरिने जानकारी कार्यक्रमको अध्यक्षता गरेका अनेरास्ववियू पुर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष मनोज चन्दले जानकारी दिए।