काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएकाे छ। निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रति लिटर तीन रूपैयाँले घटाएको हाे ।
निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर ३.१५ रूपैयाँ घटेकाे र डिजेल २.६२ रुपैयाँ रुपैयाँले घटेको छ। सोही आधारमा निगमले वैशाख ३ गतेदेखि लागु हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको छ।
हवाई इन्धनको मुल्य भने यथावत राखिएको छ ।
इन्धन मूल्यमा गरिएको यो समायोजन इन्डियन आयल कर्पोरेशनले वैशाख २ गते पठाएको नयाँ मूल्य सूचीको आधारमा गरिएको हो।