काठमाडौं । रुबी भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २४ गते वार्षिक साधारण सभा बैठक आह्वान गरेको छ ।
कम्पनी को संचालक समितिको निर्णयानुसार कम्पनीको आठौं वार्षिक साधारण सभाको मिति, समय र स्थान निर्धारण गरिएको हो ।
वैशाख २४ गते बुधबार दिउँसो १२ बजेदेखि कम्पनीको दर्ता कार्यालय सुकेधारा, काठमाडौँमा बैठक सुरु हुने सूचनामा उल्लेख छ ।
बैठकमा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफलद्वारा पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्ने, आव २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेलगायतका निर्णय हुने प्रस्ताव गरिएको छ ।
यस्तै आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने र. संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने एजेण्डा पनि बैठकले तय गरेको छ ।