सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो

काठमाडौं । आज बुधबार सुनको मूल्यले  ऐतिहासिक उचाइ कायम गरेको छ  ।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६० हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार