युनिटी ठगी प्रकरणमा सञ्चालकहरू दोषी ठहर, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गर्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले युनिटी ठगी प्रकरणमा संलग्नहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिटी ठगी प्रकरणमा संलग्न छ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना फैसला भएको छ ।

विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले कैद र जरिवाना कट्टा गरिएको छ । महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना गरिएको छ । निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना तोकिएको छ । बिगो यकिन गर्न सरकारले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बिगो यकिन गर्नेछ ।

त्यसपछि बिगो दाबी कम्पनीको सम्पत्तिका आधारमा पीडितको रकम फिर्ता गरिने फैसलामा उल्लेख छ । पीडितको रकम फिर्ता गर्न सहजीकरणका लागि फैसला कार्यान्वन निर्देशनालयका उपनिर्देशकलाई जिम्मेवारी दिइने भएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार