काठमाडौं । बिहीबार सुनको मूल्य ह्वत्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुन प्रतितोला ३ हजार ६०० ले बढेको हो । यो सँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० तोकिएको छ ।
बिहीबारका लागि तोकिएको सुनको मूल्य हालसम्म कै उच्च हो । बुधबार प्रतितोला १ लाख ८७ हजारमा कारोबार भएको थियो ।
बिहीबार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार ४१० तोकिएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाादी प्रतितोला १ हजार ९६० तोकिएको छ । बुधबार भने प्रतितोला १ हजार ९५५ मा कारोबार भएको थियो । बिहीबारका लागि चाँदी प्रति १० ग्राम १ हजार ६८० तोकिएको छ ।

