काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । यस संस्थाको बुधबार दिउँसो ३ : ३० बजे बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै विगत तीन वर्ष देखि कम्पनीले संस्थाले लाभांश वितरण गरेको छैन । संस्थाले २०७८ पछि कुनै पनि प्रकारको लाभांश वितरण नगरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ ।
वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभाबाट पारित गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ ।
यो सँगै कम्पनीले हालसम्म तीन आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । आव ०७४/७५ मा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लाग १.५८ प्रतिशत नगद लाभांश, आवको २०७५/७६ मा १० प्रतिशत बोसन शेयर र आवको २०७७/७८ मा बोनस शेयर र कर प्रयोजन समेतका लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

