९ महिनामा १५ खर्ब ५६ अर्बको शेयर कारोबार, सबैभन्दा बढी वित्त समूहको कारोबार ५५६ प्रतिशतले वृद्धि

काठमाडौं ।पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज, नेप्सेका अनुसार चालु आर्थिक वर्षको नौ महिना अर्थात् साउन देखि चैतसम्म शेयर बजारमा १५ खर्ब ५६ अर्ब ३७ करोडको शेयर खरिद बिक्री भएको छ । ३ अर्ब ४६ करोड ७ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम उक्त मात्रमा पुगेको हो । जुन गत आवको सोहि अवधिको तुलनामा २२९.०४ प्रतिशतले बढी हो ।

गत आवको नौ महिनामा १ अर्ब ४१ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ खर्ब ७३ अर्ब ६० लाख पुगेको थियो । चालु आवको साउनमा नेप्से ३००० विन्दुमा पुग्दा कारोबार रकम समेत वृद्धि हुँदा समग्र कारोबार रकममा वृद्धि देखिएको हो । साउन ३१ गते २९ अर्ब ९५ करोडका शेयर कारोबार हुँदा नेप्से ३००० विन्दुमा पुगेको थियो ।

गत आवको नौ महिनाको तुलनामा चालु आवको सोहि अवधिमा सबैभन्दा बढी वित्त समूहको कारोबार हुँदा सबैभन्दा कम उत्पादन र प्रशोधन समूहको कारोबार रहेको छ । समिक्षा अवधिमा वित्तको ५५६ प्रतिशत, विकास बैंकको ४२४ प्रतिशत, लगानीको ३२९ प्रतिशत, लघुवित्तको २८७ प्रतिशत, जलविद्युतको २७५ प्रतिशत, अन्य समूहको २५० प्रतिशत र वाणिज्य बैंकको २०२ प्रतिशतले कारोबार वृद्धि भएको छ । साथै म्युअुचल फण्डको १८७ प्रतिशत, निर्जीवन बीमाको ११८ प्रतिशत, जीवन बीमाको १०१ प्रतिशत , व्यापारको ८४ प्रतिशत, होटल तथा पर्यटनको ७७ प्रतिशत, संस्थापक शेयरको ६२ प्रतिशत , डिबेन्चरको ७२ प्रतिशत र उत्पादन र प्रशोधनको ४१ प्रतिशतले कारोबार वृद्धि भएको छ ।

यो सँगै चालु आवको नौ महिनामा भने सबैभन्दा बढी कारोबार जलविद्युत समूहको हुँदा सबैभन्दा कम डिबेन्चर समूहको कारोबार रकम रह्यो । समिक्षा अवधिमा जलविद्युतको ५ खर्ब २६ अर्ब, लघुवित्तको १ खर्ब ८ अर्ब, वित्तको १ खर्ब ५५ अर्ब ९३ करोड, वाणिज्य बैंकको १ खर्ब ४९ अर्ब , विकास बैंकको १ खर्ब २६ अर्ब, लगानीको १ खर्ब १५ अर्ब १० करोड अन्य समूहको १ खर्ब १ अर्ब र जीवन बीमाको ८९ अर्ब ३५ करोड बराबर कारोबार भयो । साथै सोहि अवधिमा उत्पादन र प्रशोधनको ६२ अर्ब ५५ करोड, निर्जीवन बीमाको ६२ अर्ब ३० करोड , होटल र पर्यटनको २८ अर्ब ७८ करोड, संस्थापक शेयरको १९ अर्ब ८९ करोड , व्यापारको ५ अर्ब ३० करोड ,म्युअुचल फण्डको ३ अर्ब ८९ करोड र डिबेन्चरको २ अर्ब ५३ करोड बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार