नेप्से २७०० माथि, २६ अंकले बढ्दा साढे ३ अर्बले बढ्यो कारोबार

काठमाडौं । मंगलबारदेखि बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार उच्च अंकले बढेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.३९ अंकले बढेर ४५८.२२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.८८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.०३ अंकले बढेको हो ।

बिहीबार ३११ वटा कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम ३ अर्ब ५३ करोड २२ लाख ४१ हजारले बढी हो ।
बुधबार ३२९ वटा कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार पुगेको थियो ।

यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४५ खर्ब २६ अर्ब २३ करोड पुगेको छ ।

यसदिन १८७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १२ वटा उपसमूह बढ्दा १ वटा घटेको छ । बैंकिङ १६, विकास बैंक ७७, वित्त १८, होटल र पर्यटन २६, जलविद्युत ४०, लगानी ३, जीवन बीमा ११२, उत्पादन र प्रशोधन ४, लघुवित्त ३१, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा १२० र र अन्य समूह ९ अंकले बढेको हो भने व्यापार ७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनी, ङादी ग्रुप र राधी विद्युत कम्पनी रह्यो । हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड २५ लाख , एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४६ लाख, हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनीको ४९ करोड ६१ लाख, ङादी ग्रुपको ३८ करोड १५ लाख र राधी विद्युत कम्पनीको ३७ करोड ८८ लाख बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार