दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अब तीन कार्य दिन मात्रै बाँकी

काठमाडौं । दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अब तीन कारोबार दिन मात्रै बाँकी रहेको छ । हकप्रद शेयरका लागि आज, आइतबार र सोमबारसम्म आवेदन दिन सकिनेछ ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज) बन्द गरेको मिति २०८१/११/१५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरूका लागि हकप्रदा शेयर निष्काशन गरिएको हो ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०० को १ : १ (विद्यमान १ कित्ता शेयरको अनुपात) ले हुन आउने प्रति शेयर अंकित मूल्य रू. सयका दरको १,०५,४२,६०४ कित्ता हकप्रद शेयरमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार