नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकका ८ जना संस्थापक शेयर बिक्रीका लागि आवेदन गरेका थिए । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने हुने भएकाले संस्थापक शेयरधनीका नाममा कम्पनीले बिक्री खुला गरेको हो ।

विद्यमान संस्थापक शेयरधनीले उक्त संस्थापक शेयर खरिदका लागि ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर र प्रतिकित्ता रकमसहित खुलाइ बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौँमा निवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार