चितवनमा ६ लेनको सडक उद्घाटन, आवागमनका लागि खुला

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको गोन्द्राङदेखि पुल्चोकसम्म विस्तार गरिएको ६ लेनको सडक शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

भरतपुरमा आयोजित एक विशेष समारोहका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रूपमा सो सडकको उद्घाटन गरे। उद्घाटन समारोहपश्चात उक्त सडक सर्वसाधारणका लागि खुला गरिएको हो।

सडक विस्तारसँगै चितवनको पूर्व–पश्चिम आवागमन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

त्यसअघि सोही दिन प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले चितवनकै कुरिनटारमा अवस्थित इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको पनि उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार