काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र २०८८’ को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको बैंकले जनाएको छ ।
कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेगरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
प्रति ऋणपत्र अंकित मूल्य रु. एक हजार दरको २५ लाख कित्ताले हुन आउने रकम रु. २ अर्ब ५० करोड बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १५,००,००० कित्ताले हुन आउने रकम रु. १ अर्ब ५० करोड ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन आउने रकम रु. १ अर्ब ऋणपुँजी मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँड पश्चात कित्ता सर्वसाधारण नेपालीहरुको लागि आइतबारदेखि निष्काशन तथा गरिएको हो ।
ऋणपत्र खरिदका लागि वैशाख १० गतेसम्म र ढिलोगरी वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

