नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्बभन्दा बढी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशत बढी हो। । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घट्नाका बाबजुत र इम्पेरमेन्ट चार्ज पनि घटेकाले खुद नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोड रुपैयाँ मा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार