ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढेर साढे ४ अर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो। । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घट्नाका बाबजुत र इम्पेरमेन्ट चार्ज पनि घटेकाले खुद नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार