काठमाडौं । प्राइम बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५६ प्रतिशत कम हो। । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावि बनेको हो ।
बैंकको खुद ब्याज आम्दानी १५.१७ प्रतिशत बढेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ८९ करोड ५० लाख रुपैयाँबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

