काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको छ ।
गत आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाफा कमाएकोमा यस आवको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो ।
यस अवधिमा बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ भने निक्षेप १४.६९ प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म ३४ अर्ब १२ करोड निक्षेप संकलन गरेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

