काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
गत बिहीबार भने सुन हालसम्मको उच्च मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

