ज्योतिले शतप्रतिशत नाफा कमाउँदा लुम्बिनीको ८५ प्रतिशतले घट्यो

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा चार प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरण अनुरुप चालु आवको तेस्रो त्रैमासको अवधिमा आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख पुगेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासको अवधिमा उक्त बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रहेको थियो ।

समिक्षा अवधिमा सबैभन्दा बढी ज्योति विकास बैंकको १०१ प्रतिशत, साँग्रीला विकास बैंकको ६१ प्रतिशत, कामना विकास बैंकको ४९ प्रतिशत र गरिमा विकास बैंकको ७ प्रतिशतले नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा ज्योतिले ३० करोड ६६ लाख, साँग्रीलाले ४३ करोड ४२ लाख, कामनले ४९ करोड ३१ लाख, महालक्ष्मीले ४३ करोड ६५ लाख र गरिमाले ७३ करोड ३४ लाख नाफा कमाएको छ । गत आवको सोहि अवधिमा ज्योतिले १५ करोड २४ लाख, साँग्रीलाले २६ करोड ९३ लाख कामनाले ३३ करोड १३ लाख, महालक्ष्मीले ३७ करोड ३५ लाख र गरिमाले ६८ करोड ३४ लाख नाफा कमाएका थिए ।

चालु आवको तेस्रो त्रैमासमा साइन रेसुङ्गा, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंकको नाफा भने घटेको छ । चालु आवको तेस्रो त्रैमासमा साइन रेसुङ्गाले ५१ करोड १४ लाख, मुक्तिानाथले ७२ करोड ४८ लाख र लुम्बिनीले ४ करोड ९७ लाख नाफा कमाएको छ । गत आवको सोहि अवधिमा साइन रेसुङ्गाले ५१ करोड ४६ लाख, मुक्तिनाथले ८७ करोड १८ लाख र लुम्बिनीले ३४ करोड २१ लाख नाफा कमाएको थियो ।

विकास बैंकहरुको नाफा:

                                                         रकम हजारमा 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार