सिंहरदबारभित्रै प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता पक्राउ

काठमाडौं । सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू पक्राउ परेका छन् ।

पम्प्लेट प्रदर्शन र गणतन्त्रविरुद्ध नाराबाजी गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको हो ।

अन्य नेतारकार्यकर्ता बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका बेला अध्यक्ष लिङ्देन लगायतले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

यसअघि ज्ञानेन्द्र शाहीलगायतले आफूहरूलाई संसदीय दलको कार्यालयमै रोकिएको बताएका थिए ।

४ सांसद संसदीय दलको कार्यालयबाट निस्किन नपाएको खबरपछि अध्यक्ष लिङ्देन पनि कार्यालयमा पुगेका थिए ।

त्यहाँबाट बाहिरिने क्रममा सिंहदरबारभित्रै नेताहरूले पम्प्लेट प्रदर्शन गरेका थिए । त्यसपछि सिंहदरबार गेटबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनको तयारी गरेको छ । राप्रपाको आन्दोलनलाई डा. जगमान गुरूङ नेतृत्वको राजसंस्थ र सनातन हिन्दू राष्ट्र स्थापना संघर्ष समितिले समेत समर्थन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार