नेप्से २७०० माथि नै, १६ अंकले घट्दा २ अर्ब ३६ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ , गत साता मंगलबारदेखि बढेको शेयर बजार आइतबार भने दोहोरो अंकले घटेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.६४ अंकले घटेर ४५६.५८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.२६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५९ अंकले घटेको हो ।

आइतबार ३२८ वटा कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबाररकम ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा २ अर्ब ३६ करोड ३७ लाख ७४ हजार कम हो । बिहीबार ३११ वटा कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार पुगेको थियो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब ९९ अर्ब ५५ करोड पुगेको छ ।

यसदिन ५३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १९२ वटा कम्पनीको शेयर मूल्य घटेको १ वटा कम्पनीको स्थिर रहेको छ ।

यस दिन २ वटा उपसमूह बढ्दा ११ वटा घटेको छ । उत्पादन र प्रशोधन ३८ र व्यापार ४७ अंकले बढ्दा बैंकिङ १०, विकास बैंक ४५, वित्त ३३, होटल र पर्यटन ९०, जलविद्युत ४४, लगानी ०.०७, जीवन बीमा ११७, लघुवित्त २७, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा २८ र र अन्य समूह २५ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, ङादी ग्रुप, बलेफी हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सानिमा माई हाइड्रोपावर रह्यो । राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाख, ङादी ग्रुपको ५७ करोड २७ लाख, बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ३८ करोड ६२ लाख र सानिमा माई हाइड्रोपावरको ३७ करोड ५८ लाख बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार