एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी इभी चार्जिङ स्टेसन सञ्चालन गर्दै हासिल गर्‍यो ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको विद्युतीय सवारी (इभी) क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै एमएडब्ल्यू वृद्धिले नेपालभर १०० भन्दा बढी सञ्चालनमा रहेका इभी चार्जिङ स्टेशनहरूको स्थापना गर्दै एक महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। यस ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गर्दै इभी उद्योगका प्रमुख व्यक्तित्वहरू, रणनीतिक साझेदारहरू तथा इभी प्रयोगकर्ताहरूलाई एकै थलोमा एकत्रित गर्‍यो। कार्यक्रममा केक काट्ने समारोहले उल्लासमय वातावरण सिर्जना गर्दै उत्सवलाई थप रंगीन बनायो।

समारोहमा एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक (एमडी) विवेक सिकारिया, एमएडब्ल्यू वृद्धि कमर्सियलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुषार गुप्ता, एमएडब्ल्यू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्ल्यू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्ट लगायत उद्योगका अन्य विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले नेपालमा स्वच्छ, हरित र दिगो गतिशीलताप्रति साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

एमएडब्ल्यू वृद्धिले आफ्नो नेटवर्क अन्तर्गत सीसीएस२ टाइप डीसी फास्ट चार्जर्सको प्रयोग गर्दै देशभर १०० भन्दा बढी रणनीतिक स्थानहरूमा चार्जिङ स्टेशनहरू स्थापना गरेको छ। काठमाडौं, पोखरा, विराटनगर, र चितवनजस्ता प्रमुख शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता दुर्गम क्षेत्रहरूसम्म, यस नेटवर्कले इभी चालकहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्रा अनुभव उपलब्ध गराउने लक्ष्य लिएको छ।

उक्त नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन) क्षमताका दुवै चार्जरहरू समावेश छन्, जसले यात्रालाई थप प्रभावकारी र सुलभ बनाउने विश्वास गरिएको छ।

समारोहमा आफ्नो विचार साझा गर्दै, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने, “यो केवल नम्बर होइनस यसले नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो। हाम्रो निरन्तर बढ्दो नेटवर्कद्वारा, हामी नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउँछौं, र हामी भर्खरै सुरु गर्दैछौं।”

यो कार्यक्रमले एमएडब्ल्यू वृद्धिको घोषणालाई चिह्नित गर्दछ, जुन विकासमा केन्द्रित कम्पनीको पहल हो। एमएडब्ल्यू वृद्धिले आगामी भविष्यमा नेपालभरि आफ्नो ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने कम्पनीको निरन्तर प्रयासलाई प्रतिनिधित्व गर्दछ। यो उपलब्धिले पूर्वाधार सुधार गर्न र देशभर विद्युतीय सवारी साधनको स्वामित्वमा राम्रो पहुँच सुनिश्चित गर्न एमएडब्ल्यूको समर्पणलाई प्रकाश पार्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार