CLI

सूचना सुरक्षाका लागि शिखर इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय प्रमाण पत्र

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ISO/IEC 27001:2022 प्रमाणीकरण प्राप्त गरेको छ।

इन्स्योरेन्सले प्रमाणिकरणसँगै सूचना सुरक्षामा उच्च प्रतिबद्धतालाई प्रमाणित गरेको भन्दै प्रतिकृया दिएको छ। इन्स्योरेन्सले जोखिम व्यवस्थापन, र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यप्रति सधैं समर्पित रहेको जनाएको छ।

प्रमाणिकरणले शिखर इन्स्योरेन्सले कारोबारसँग सम्बन्धित सम्पूर्ण सूचनाहरूको उचित व्यवस्थापन, भण्डारण र वितरणका लागि अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गरेको पुष्टी गर्छ।

बीमा कम्पनीहरूमा सूचना प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढेको छ। यसका लागि बीमा कम्पनीहरूले सूचना प्रविधिको पूर्वाधारमा मात्र नभएर प्रविधिको सुरक्षा अर्थात साइबर सेक्युरिटीमा पनि लगानी थप्नुपर्ने अपरिहार्य छ।

Leave Your Comment

Related News