काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुला गरिँदैछ ।
कम्पनीले पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिन लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.७० प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । जसमा पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर विदेशमा रहेका नेपालीहरुका लागि बिक्री खुला गर्न लागिएको हो ।
आईपीओका लागि वैशाख २२ गतेसम्म घटीमा १० कित्तादेखि बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।

