CLI

अन्नपूर्ण केवलकारले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । अन्नपूर्ण केवलकार लिमिटेडले हमप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले गत २०८१ चैत ३१ गतेको वार्षिक साधारण सभाको निर्णयअनुसार कम्पनीमा वृद्धि भएको जारी शेयर पुँजीमध्ये अंकित मूल्य सय रुपैयाँ भएको ४५ लाख ६० हजार थान शेयर कम्पनीका विद्यमान शेयरधनीमा निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर १: ०.४ ( एक शेयर बराबर शुन्य दशमलब चार) को अनुपातमा निष्काशन गर्न लागिएको हो ।

हकप्रद शेयर खरिद इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको राष्ट्रिय वाणिज्य बैक लिमिटेड, सिंहदरबार प्लाजा (१८५०१०००००००००१), नविल बैक लिमिटेड, तिनधारा (६५०१०१७५०३६६५) र लक्ष्मी सनराइज बैंक, गैरीधारा (००२१०३१८४४५०१७) का बैंक खातामा हकप्रद शेयरवापतको रकम जम्मा गरी सोको भरपाइ रजिस्ट्रार कार्यालयमा पठाउन सक्नेछन् ।

Leave Your Comment

Related News