CLI

शिक्षकहरुको प्रर्दशन २० औं दिनमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो ।

नेपाल शिक्षक महासंघका ललितपुर जिल्ला सदस्य दिनेश खड्काले माग पूरा नभएसम्म आन्दोलनले निरन्तरता पाउने बताए । ‘शिक्षकहरुको जायज माग सरकारले पूरा गर्नु बाहेक विकल्पन छैन,’ खड्काले इक्विटी नेपालसँग भने,‘ समाजका साना बालबालिका देखि युवाहरुलाई बाटो देखाउने क्षेत्रका शिक्षकहरुलाई सरकारले लामो समयदेखि उपेक्षा गरेको हुँदा त्यसको उचित व्यवस्थापन भनेको सरकारले माग सुनवाई गर्नु हो ।’

सदस्य खड्काले आन्दोलन रहर भन्दा पनि वाध्यता भएको बताए ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलामा सुरु भएको छ ।

शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलनरत छन् । उनीहरू नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकको आन्दोलनले आज पनि सवारी आवागमनमा बाधा पुगेको छ ।

Leave Your Comment

Related News