काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहित परेको निवेदन हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि भट्टलाई गभर्नर नियुक्त नगर्न परेको पुरक निवेदन हेर्न नभ्याइने भएको हो ।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएकोमा हिजो पनि उक्त रिट र निवेदन हेर्न नभ्याइने भएको थियो ।
गभर्नरको उमेरजन्य हदम्यादसम्बन्धी रिटमा यसअघि गत वैशाख २ गते सुनुवाइ गर्दै सर्वोच्चले तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश गरिसकेको छ । अन्तरिम आदेश दिने नदिने सम्बन्धमा दुवै पक्षका लागि छलफलमा बोलाइएको छ ।

