काठमाडौं । एसएमएल इसुजुले नेपालका लागि एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एस एम एल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ ।
एसएमएल इसुजुको आधिकारीक बिक्रेता भए सँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागि सदैब तत्पर रहने जनाएको छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै बिस्तार गर्दै लैजाने कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।
खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागि देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनान । यस ब्राण्ड प्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनत लाई मध्यनजर गर्दै एसएमएल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो । कम्पनीको यस निर्णयबाट हामी अत्यन्त खुसी र उत्साहित रहेको पनि खड्काले बताए ।
एसएमएल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बस अन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् ।
स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समय देखि बजारको अग्रणी स्थानमा रहेको पनि जानकारी गराएको छ ।

