प्रभु बैंकको २ लाख ६२ हजार  संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

काठमाडौं ।प्रभु बैंक लिमिटेडले २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा  राखेको छ । बैंकले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको  २ लाख ६२ हजार ८१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार