CLI

पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको साधारण शेयर सेयर (आईपीओ) वैशाख ११ गते बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको आईपीओ वैशाख ११ गते बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीको आईपीओमा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले निष्काशन गरेको सेयरको १९.०२ गुणाबढी हो ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा १ लाख १९ हजार ५२० जनाले १०/१० कित्ता दरले सेयर हात पार्नेछन् भने १८ लाखभन्दा बढीको हात भने रित्तो हुनेछ ।

Leave Your Comment

Related News