काठमाडौं । साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार भने एकोहारो अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९१ अंकले घटेर ४५१.८९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.८६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.२९ अंकले घटेको हो ।
मंगलबार ३१९ वटा कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम ४५ करोड ४४ लाख ३८ हजारले कम हो ।
सोमबार ३१९ वटा कम्पनीको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख २० हजार पुगेको हो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ७० अर्ब ८ करोड पुगेको छ ।
यसदिन ८६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घटेको १ वटा कम्पनीको स्थिर रहेको छ ।
यस दिन ३ वटा उपसमूह बढ्दा बाँकी १० वटा घटेको छ । होटल र पर्यटन ५२, उत्पादन र प्रशोधन ८४ र अन्य समूह ५२ अंकले बढ्दा बैंकिङ १०, विकास बैंक ९१, वित्त ९, जलविद्युत २४, लगानी २.२०, जीवन बीमा ३३, लघुवित्त १६, म्युअुचल फण्ड ०.०७, निर्जीवन बीमा ५२ र व्यापार ७५ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर , हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र राधी विद्युत कम्पनी रह्यो । ङादी ग्रुपको ४४ करोड ६० लाख, हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख , हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख, नेपाल रिइन्स्योरेन्सको ३५ करोड ६४ लाख र राधी विद्युत कम्पनीको ३५ करोड ५४ लाख बराबर कारोबार भयो ।

