अमेरिकी डलरको मूल्य बढ्दा युरो र पाउन्डको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलरको मूल्य बढेको छ । युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने घटेको छ ।

यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा थियो।

युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा र युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा तथा पाउन्ड एकको खरिददर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा रहेको थियो ।

आज स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५३ पैसा र बिक्रीदर १७ रूपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार