काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेको छ । यसअघि वैशाख ११ गतेदेखि परीक्षा तय गरिएकोमा बोर्डले नयाँ कार्यतालिका सार्वजनिक गर्दै वैशाख २१ मा सारेको हो ।
शिक्षक आन्दोलन चर्किँदै गएपछि शिक्षकहरुले परीक्षामा सहभागी नहुने अडान लिएका थिए । नेपाल शिक्षक महासंघले परीक्षा बहिष्कार गरेपछि निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि परीक्षा गर्ने तयारी बोर्डले गरेको थियो । यसैबिच मंगलबार बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।
प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

