काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १७ जना घाइते भएका छन् ।
उक्त घटनाको नेपाल सरकारले आलोचना गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन् ।’

