ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । वैशाख ९ गते मंगलबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

मंगलबार भने छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । जुन सुनको भाउ हाल सम्मको उच्च हो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हाजर ९ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ९ सय ७० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार