काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेको साथै मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको पनि सम्भावना देखिएको छ ।
त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायत आदि क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ, सर्तक रहन आग्रह गरिएको छ ।
तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ ।
विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो हावाको लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’
साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गको पनि सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

