काठमाडौं । साताको चौथो दिन शेयर बजार उच्च अंकले घटेको छ । बुधबार र आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार भने एकोहारो अंकले घटेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.८६ अंकले घटेर ४४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.२४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.९४ अंकले घटेको हो ।
बुधबार ३०८ वटा कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम ७४ करोड ५७ लाख ६५ हजारले कम हो । मंगलबार ३१९ वटा कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब १६ अर्ब २४ करोड पुगेको छ ।
यसदिन २८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा २१७ वटा कम्पनीको शेयर मूल्य घटेको १ वटा कम्पनीको स्थिर रहेको छ ।
यस दिन २ वटा उपसमूह बढ्दा बाँकी ११ वटा घटेको छ । उत्पादन र प्रशोधन ०.३९ र म्युअुचल फण्ड ०.०४ अंकले बढ्दा बैंकिङ १७, विकास बैंक ११७, वित्त २९, होटल र पर्यटन ६९, जलविद्युत ६३, लगानी २.०३, जीवन बीमा ६१, लघुवित्त ०.३९ निर्जीवन बीमा १२१, व्यापार १४ र अन्य समूह ३६ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड, ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ५८ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको ५१ करोड ६३ लाख, ङादी ग्रुपको ४१ करोड ९ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड ८९ लाख र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनीको ३१ करोड ८४ लाख बराबर करोबार भयो ।

