काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजन बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।
विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु एमसीसी परियोजना डजले संघीय खर्च कटौती गर्ने प्रयास अन्तर्गत प्रभावकारी रूपमा बन्द गरिन लागेको विभिन्न स्रोतहरुको हवाला दिँदै सीएनएनले लेखेको छ ।
मंगलबार परियोजनासँग आवद्ध सबै अमेरिकी कर्मचारीहरुलाई इमेलमार्फत् ‘निकट भविष्यमै कर्मचारी र कार्यक्रमहरूमा ठूलो कटौती हुनेछ’ भनिएको छ । कर्मचारीहरूलाई मे ५ देखि प्रशासनिक बिदामा राखिन सकिने दाबी सीएनएनको छ ।

