काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । जसअनुसार १ लाख १९ हजार ५२० जनाले १०/१० कित्ता दरले शेयर प्राप्त गरेका छन् भने १७ लाख २७ हजार १४४ जनाकाे हात खाली भएकाे छ ।
कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १९ लाख ३६ हजार ०५३ जना आवेदकहरुले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएकोमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र योग्य भएको थियो ।
कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट गरिएको थियो ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

