पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० जनाले पाए शेयर

काठमाडौं । पियोर इनर्जीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरेको थियो। कुल ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयरमा आवेदन दिनेहरूको चाप उच्च देखिएको थियो।

यस आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ जना आवेदकले २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको छ भने ६ हजार ४२६ आवेदन विभिन्न कारणले रद्द गरिएको छ।

मागभन्दा धेरै आवेदन परेकाले कम्पनीले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरेको हो। बिक्री प्रबन्धकका अनुसार १ लाख १९ हजार ५२० जना भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओ बाँडफाँटसँगै, बाँकी आवेदकले भने शेयर प्राप्त गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार