काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर वैशाख १२ गते निष्कासन गर्ने भएको छ ।
कम्पनीको गत मंसिर ६ गते सम्पनन चौथो वार्षिक साधारण सभाले १०० बराबरको नयाँ १२ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो ।
सम्बन्धित शेयरधनीहरुले आगमी जेठ १५ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । ललितपुर पुल्चोक -३ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

