CLI

साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच अन्तर्राष्ट्रियस्तरको ‘हेल्थी हेल्थ प्याकेज’ का लागि समझदारी

काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच आज एक समझदारी ( पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहनु हुने व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा( बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् । जसले विश्वभरिमा रहेका छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेको परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ।

यस प्याकेज अन्तर्गत विशेष गरीस् पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षण को सुबिधा लिन सक्नेछन्।
सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका हुन् । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, ‘विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनबाट खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।’

त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले भने, ‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौं।’

Leave Your Comment

Related News