एक हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला २ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार