खुद ब्याज आम्दानी बढेसँगै हिमालयन लघुवित्तको नाफा करिब साढे ५ करोड

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेखनीय सुधार भएको छ ।

कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा खुद नाफा ३६९.३४ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १३ लाख नाफा गरेको थियो । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी बढे सँगै नाफामा समेत वृद्धिदर देखिएको हो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी करीब १६ करोड रहेकोमा चालू आवमा बढेर करीब साढे १४ करोड पुगेको छ।

सञ्चालन नाफा पनि गत वर्ष १ करोड ६२ लाख रहेकोमा चालू आवमा बढेर ७ करोड ६४ लाख पुगेको छ। यससँगै कम्पनीको वितरणयोग्य नाफा १ करोड ११ लाख कायम भएको छ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) वार्षिकीकरण मा पनि वृद्धि भएको छ। कम्पनीको ईपीएस गत वर्ष ४ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर २२ रुपैयाँ ३० पैसा पुगको छ।

चुक्ता पूँजी ३१ करोड ९८ लाख रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रहेको छ भने रिजर्भ कोषमा १३ करोड २८ लाख सञ्चिति रहेको छ।

कम्पनीले ३ अर्ब ४२ करोड सापटी लिएर ४ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ भने १ अर्ब ३ करोडबढी निक्षेप संकलन गरेको छ। कम्पनीको निष्क्रिय कर्जा ५.३४ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा सापटी ३ अर्ब ४२ करोड बढी रहेको छ भने कर्जा प्रवाह ४ अर्ब ८७ करोड बढी रहेको छ ।
कम्पनीले यस अवधिसम्म १ अर्ब ३ करोड बढी निक्षेप संकलन गरेको छ । गत वर्ष ४.६१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ५ .३४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार