काठमाडौं । ८ महिनादेखि फरार कांग्रेस सांसद माया राई घरबाटै पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार उनलाई शनिबार राति कपनस्थित आफ्नै निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो ।
सहकारी प्रकरणमा जोडिएकी उनलाई सत्ताकै आडमा उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भैरहेको थियो भने ८ महिनादेखि निरन्तर संसद र संसदीय समितिमा अनुपस्थित उनको तलबभत्ता पनि रोकिएको थिएन ।

