राष्ट्र बैंक स्थापनाको ६९औँ वर्ष पूरा

काठमाडौं । नेपाल राष्ट्र बैंक आजकै दिन ६९ वर्ष पहिले स्थापना भएको थियो । नेपालको केन्द्रीय बैंकको रूपमा रहेको राष्ट्र बैंक बैंक तथा वित्तिय संस्था (क, ख ,ग र घ वर्ग) को नियमन र सुपरिवेक्षण गर्ने निकाय राष्ट्र बैंकले आज ७०औँ वार्षिकोत्सव मनाउँदै छ ।

२०१३ साल वैशाख १४ गते केन्द्रीय बैंक तत्कालिन ‘राष्ट्र बैंक ऐन, २०१२’ अनुसार स्थापना भएको थियो । त्यति बेला राष्ट्र बैंकको गभर्नर हिमालयन शमशेर राणा थिए । महाप्रसाद अधिकारीको कार्यकालय २४ चैतमा सकिएसँगं हाल राष्ट्र बैंक गभर्नरविहीन छ भने काुम गभर्नरको जिम्मेवारी डा. नीलम ढुंगाना तिम्सिनाले सम्हालिरहेकी छन् ।

ढुंगानाले बै‌ंकको स्थापना दिवसको अवसरमा  शुभकामना व्यक्त गरेकी छिन् ।

उनले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहन राष्ट्र बैंक प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार