काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रति तोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबा सुन प्रति तोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार रुपैयाँ थियो ।

