प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १० दिने बेलायत भ्रमणका लागि प्रस्थान गरेका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको विमानमा राउत सर्वोच्चकै रजिस्ट्रार विमल पौडेलका साथमा प्रस्थान गरेका हुन् ।

उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहेको छ। प्रतिनिधिमण्डलमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत, पाटनका न्यायाधीश हेमन्त रावल पनि रहने छन् ।

फुयाल, थापा र रावल एयर इन्डियाको विमानमा भारतको नयाँ दिल्ली हुँदै लन्डन जाँदै छन्। बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालत लगायत अदालतहरूको औपचारिक भ्रमण एवम् द्विपक्षीय सम्बन्ध विस्तारको सिलसिलामा यो भ्रमण हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिएका छन् । भ्रमण सकेर यो टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार