काठमाडौं । कामना सेवा विकास बैंकले ११ हजार ७४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ ।
न्युनतम मूल्य रु.११० वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्रीमा ल्याइएको हो । उक्त शेयर खरिद गर्नको लागि ईच्छुक विद्यमान संस्थापकहरु र सर्वसाधारण योग्य व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले वैशाख २१ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यसअघि कम्पनीले संस्थापक शेयरधनीका लागि ३५ दिन सूचना जारी गरेकोमा संस्थापक शेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारणमा उक्त शेयर जारी गरिएको हो ।

