सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ तोकेको छ ।

सोमबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघले सोमबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ तोकेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार